काठमाडौंमा भन्दा मोरङमा धेरै मतदाता


 


काठमाडौं, चैत्र २१

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतदाता नामावली टुङ्गो लगाएको छ । आयोगको वैठकले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको हो । कुल मतदातामा पुरुष ७० लाख ६९ हजार ७ सय १४ , महिला ६९ लाख ८४ हजार ६ सय २५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ४३ रहेको छ ।

२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छन् ।

त्यहाँ ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् भने काठमाडौंमा ५ लाख ५९ हजार ४ सय मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ मात्रै छन् । मतदााता नामावली स्वीकृत भएसँगै फोटोसहितको परिचयपत्र छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ भईरहेको छ ।

मतदान केन्द्र पुननिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ । आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्