कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट


 


काठमाडौं, चैत्र २१
अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।
अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन।

सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै  निवेदन दर्ता गराएका हुन । मैनालीले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी दिए ।
केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्