मधेसी मोर्चालाई साथमै लिएर निर्वाचन सम्पन्न हुन्छ- प्रधानमन्त्री


 


काठमाडौं, चैत्र २०

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सहज रुपमा सम्पन्न हुने दाबी गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचन विरोधी गतिविधि अघि बर्ढाईरहेका बेला प्रधानमन्त्री दाहालले मुलुकलाई अतिवादमा जान नदिन सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

आईताबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मधेशी जातीय समन्वय समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले सरकारले मधेशी मोर्चालाई साथमा लिएर निर्वाचन सम्पन्न गर्न अधिकतम प्रयास गरिरहेको पनि स्मरण गराए । प्रधानमन्त्री दाहालले अतिवादले देश र जनता सबैलाई घाटा र्पुयाउने उल्लेख गर्दै मिलेर अघि बढ्न आन्दोलनरत मधेशी मोर्चालाई पुनः आहृवान गरे ।

प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि दुई तिहाई मत पुग्ने अवस्था नरहेकाले तत्काल त्यसलाई अघि नबढाइएको पनि दोर्होयाए । भेटमा समाजले प्रधानमन्त्री दाहाललाई मधेशको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने लगायतका मागसहितको १० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

मधेश केन्द्रित विभिन्न २३ वटा जातीय संगठनद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा सप्तरी घटनाका दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई एथेष्ट क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्