६४ तोला सुन चोरीको आरोपमा प्रहरीसहित ६ जना पक्राउ


 


काठमाडौं, चैत्र २०

६४ तोला सुन चोरीमा संलग्न भएको आरोपमा एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् । सोह्रखुट्टे प्रहरी वृत्तका हबल्दारसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी विष्णु केसीले जानकारी दिए  । उनीहरुले न्युरोडको पसलबाट सुन चोरी गरेका प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्