रुपन्देही र झापा आमने सामने हुँदै


 


इलाम, चैत्र २०

इलाममा जारी तेस्रो अन्तर्रा्िष्ट्रय आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकपअन्तर्गत आज रमपम झापा–११ र अग्नि रुपन्देही–११ बीच प्रतिस्पर्धा हुनेछ ।

ठूलो टुँडिखेलमा हुने क्वाटर फाइनलको खेलमा यस पटक रुपन्देहीले गत संस्करण हारको बदला लिने अवसर पाएको छ । दोस्रो संस्करणको सेमीफाइनलमा कर्ण लिम्बूको ह्रयाट्रिक मद्धतले झापाले रुपन्देहीमाथि ४–० को फराकिलो जित दर्ता गरेको थियो ।

आज हुने खेलमा रुपन्देही विमल घर्तीमगरसहित मैदान उत्रने प्रशिक्षक दयाराम सापकोटाले बताए । यता झापा कर्ण लिम्बू, देवेन्द्र तामाङ लगायतका खेलाडीसहित मैदान उत्रनेछ ।

रुपन्देहीले गत ३ चैत संकटालाई पराजित गर्दै नेपालगन्ज गोल्डकपको उपाधि जितेको थियो भने फागुनमा मोरङलाई हराउँदै उदयपुर गोल्डपको उपाधिसमेत आफनो पोल्टामा पारेको थियो।

झापा–११ ले गत पुस सम्पन्न काँकडभिट्टा गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्