संयोजक डा.बाबुराम भट्टराई लगायत दर्जनौं कार्यकर्ता पक्राउ


 


काठमाडौं, चैत २०

दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी लगाएत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । संयोजक डा. बाबुराम भट्टराई लगाएत दर्जनौं कार्यकर्ता पक्राउ परेका हुन् ।

प्रहरीले भट्टराई संगै हिसिला यमी, बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पक्राउ गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार दलिय चिह्नको माग गर्दै निर्वाचन आयोग परिसर घेराउ गर्न पुगेका कार्यकर्ताले निशेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

सयौंको संख्यामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको लाठी लागी केही प्रदर्शनकारीहरु घाइते समेत भएका छन । आज विहान आयोग अगाडी भएको प्रदर्शनीमा प्रहरी र प्रदर्शनकारीवीच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् ।

नयाँ शक्ति पार्टी लगाएत अन्य राजनैतिक दलले संयुक्त रुपमा दलिय चुनाव चिन्ह् पाउनु पर्ने माग गर्दै आज संयुक्त रुपमा निर्वाचन आयोग र जिल्ला स्थित निर्वाचन कार्यालयहरुमा बिरोध स्वरुप धर्ना दिएका हुन ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्