म्यानचेस्टर युनाइटेडलाई शीर्ष चारको यात्रामा धक्का


 


काठमाण्डौ, चैत्र २०

म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने यात्रामा धक्का लागेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग गोलरहति बराबरीमा रोकियो ।

घरेलु मैदानमा वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड बराबरीमा रोकिएको हो । यो सिजन युनाइटेड मुख्य प्रतिस्पर्धामा अहिलेसम्म ११ खेलमा बराबरीमा रोकिएको छ । मार्कस राफोर्डले गरेका दुई सुन्दर प्रहार वेष्ट ब्रोमका गोलरक्षक बेन फोस्टरले वचाउ गरे ।

पहिलो हाफमा एन्थोनी मार्शलले प्रहार गरेको बल पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभर धेरै समय बलमा नियन्त्रण युनाइेडको भएपनि नतिजा आफ्नो पक्षमा पार्न असफल भयो ।

युनाइटेडले आफ्नो अपराजित यात्रा भने १९ खेलमा पुर्‍याएको छ । पाँचौं स्थानको युनाइटेडको २८ खेलबाट ५३ अंक भएको छ । चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा उ चार अंकले पछि परेको छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्