बाढी-पहिरोमा २०६ जनाको मृत्यु, २२२ बेपत्ता


 


एजेन्सी, चैत्र २०

दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परि दुई सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् भने दुई सय दुई जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन । । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको  बताए ।

सान्तोसले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरे । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्