आजदेखि युरो फोर मापदण्डको इन्धन आउने


 


काठमाडौं, चैत १९
नेपालमा शनिबारदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने भएको छ । झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको मात्र इन्धन लोड हुने आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए ।

युरो फोर मापदण्डको इन्धन लोड भएका ट्याङकर आएपछि केही दनभित्रै बिक्री सुरु गर्ने तयारी छ । यसअघि नेपालमा भारतबाट ल्याएर युरो थ्री मापदण्डको डिजेल पेट्रोल बिक्री हुने गरेको थियो । भारतले आफ्ना रिफाइनरीबाट पूर्ण क्षमतामा युरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेकाले नेपालमा पनि त्यही गुणस्तरको तेल आउने भएको हो ।

भारतले सन् २०२० बाट युरो ६ मापदण्डको तेल प्रशोधन गर्ने तयारी गरिरहेको छ । गाडीको धुवाँ कम गर्न युरो फोर मापदण्डको इन्धन सहयोगी हुन्छ । यस्तै यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्ने निगमका प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्