माई भ्याली गोल्डकपमा आर्मी र खर्साङ–११ भिड्दै


 


काठमाण्डौ, चैत्र १९

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकपअन्तर्गत आज विभागीय टिम नेपाल आर्मी र खर्साङ–११ भिड्दै छन । इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा साविक उपविजेता आर्मी र पाहुना टोली खर्साङ आमनेसामने हुने भएका हुन ।

माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिता २ विदेशी सहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले यमाहाको एक सय ५० सीसीको मोटरसाइकल र सर्वा्धिक गोलकर्ताले नगद २५ हजार प्राप्त गर्नेछ । त्यसैगरी प्रत्येक दिनको ‘म्यान अफ दि म्याच’लाई नगद ७ हजार प्रदान गरिँदै आएको छ ।

हिजो सम्पन्न खेलमा पाहुना टोली दुर्गापुर स्टिल कोलकातालाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले हराउँदैअग्नि रूपन्देही–११ क्वार्टरफाइनल प्रवेश गरेको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्