नसाटिने भए भारु पाँच सय र हजारका पुराना नोट


 


काठमाडौं, चैत्र १९
कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे कुनै पत्राचार नगरेपछि नेपालीसँग भएको नोट साटिने सम्भावना लगभग टरेको हो ।

भारतीय रिजर्भ बैंक आरबिआई को टोलीले नेपाल राष्ट्र बैंकलाई प्रतिव्यक्ति चार हजार पाँच सयसम्म सटही सुविधा लिन मञ्जुर भएमा शुक्रबारसम्म जानकारी गराउन आग्रह गरेको थियो ।

‘शुक्रबारसम्म जानकारी गराउन भारतको आग्रह थियो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले भने, ‘सटही गर्ने पैसाको विषयमा कुरा नमिलेपछि हामीले निर्णय दिन सकेनौँ ।’

भारतीय पक्षले प्रतिव्यक्ति ४५ सय भारु मात्र सटही सुविधा दिन सक्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले त्यसमा सहमति जनाएको छैन ।

‘२५ हजार भारुसम्म ल्याउन वा लैजान कानुनी रूपमा खुला गरिएकाले त्यो सीमासम्म सटही सुविधा पनि दिनुपर्छ भन्ने हाम्रो माग हो,’ ढुंगानाले भने, ‘भारतीय पक्षले यसमा सहमति नगरेपछि समस्या भएको छ ।’

भारतले भने आफ्नो मुलुकमा पुराना नोटको सटही सुविधा दिने म्याद मार्च ३१ ९शुक्रबार० सकिने भन्दै समयमै जानकारी गराउन भनेको थियो ।

शुक्रबारसम्म जानकारी नआए नेपालीसँग भएको भारु साट्न नसक्ने भारतीय वार्ता टोलीले बताएको थियो । समयमै निर्णय गर्न नसकेपछि राष्ट्र बैंकले आफ्ना जनताको सम्पत्ति सुरक्षा गर्ने दायित्वबाट विमुख भएको आरोप खेप्नुपरेको विज्ञहरूले बताएका छन् ।

यो खबर हामिले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्