दुर्घटनामा पाँच जनाको मृत्यु


 


नवलपरासी, चैत्र १९
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बरकोे ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका वलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर रहेका छन् । उनीहरु सबै बसमा सवार थिए ।

त्यसैगरी ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षिय बिएच खानको मृत्यु भएको छ । बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्