पेन्टागनमा भएको आक्रमणपछिका २७ तस्बिर फेरि जारी


 


एजेन्सी, चैत्र १९
अमेरिकाको संघीय जाँच आयोग एफबिआई ले सन् २००१ को सेप्टेम्बर ११ मा पेन्टागनमा भएको आक्रमणपछिका २७ वटा तस्बिर फेरि जारी गरेको छ । यी तस्बिर एफबिआईले आक्रमणको १० वर्षपछि सन् २०११ मा जारी गरेको थियो ।

तर प्राविधिक गडबडीका कारण वेब साइटबाट हराएको थियो । एफबिआईले फेरि ती तस्बिर जारी गरेको हो । निरन्तरको प्रयासपछि तस्बिर फेरि प्राप्त गर्न सफल भएको एफबिआईले जनाएको छ । तस्बिरमा पेन्टागनमा आक्रमण भएपछिको उद्दार तथा आगो नियन्त्रणको प्रयास समेटिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा आक्रमणकारीले अपहरण गरेको विमान पेन्टागनमा ठोक्काएका थिए । त्यसमा एक सय ८४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्