सभामुख ओनसरी घर्ती बंगलादेश प्रस्थान


 


काठमाण्डौ, चैत्र १८

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन सभामुख ओनसरी घर्ती शुक्रबार बंगलादेश प्रस्थान गरेकी छन । जेट एयरको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको सभामुख नेतृत्वको टोली भारतको नयाँ दिल्ली हुँदै ढाका पुग्नेछ ।

६र६ महिनामा हुने यस बैठकमा सभामुख घर्तीले पछिल्लो संसदीय गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउने छिन् । ढाका बसाइका क्रममा घर्तीले विभिन्न मुलुकका सभामुख, उपसभामुख र सांसदहरुसँग भेटवार्ता गर्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। सभामुख घर्ती आगामी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्