नयाँ शिक्षा नियमावली पारित हुन्छ–प्रधानमन्त्री


 


काठमाण्डौ, चैत्र १८

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन । नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यो जानकारी दिएका हुन ।

प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए ।

शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमावली पारित गर्नुपर्ने, द्वन्द्वमा रोजगारी खोसिएका शिक्षकको पुर्नबहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्