मोर्चालाई चुनावमा सहभागी गराउन प्रधानमन्त्रीको पहल


 


काठमाडौं, चैत्र १८

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा छलफल थाल्दै छन । चीन भ्रमणका कारण लामो समय राजनीतिक छलफल हुन नसकेका बेला प्रधानमन्त्री दाहालले शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्न लागेका हुन ।

दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल सिमांकन पछि टुंग्याउनेगरी बाँकी विषयमा सहमति खोजेर मोर्चालाई पनि चुनावमा सहभागी गराउने विषयमा केन्द्रित हुने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

तत्काल सिमांकनको विषय पारित गर्न संसदमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले सरकारी कामकाजको भाषालगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा मधसशी मोर्चा पनि केही लचिलो देखिएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्