दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ


 


काठमाडौं, चैत १८

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको अभियोग लागेका पार्क गुएन हाय लाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।

अदालतले हायलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो । अब नजर बन्दमा राख्ने सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने ६५ वर्षिय पार्क गुएन हाय पहिलो महिला हुन । दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा हाय तेस्रो राष्ट्रपति हुन ।

बिहीबार अदालतमा पेश भएका हायले ९ घण्टासम्म उपस्थिति जनाउनु भएको थियो । हायलाई भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्