फिफाको नयाँ प्रस्ताव – विश्वकपमा ६ देशबिच प्लेअफ


 


काठमाण्डौ, चैत्र १८

फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ । केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अगाडि सारेको थियो ।

फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् । तर, सबै महादेशले आफूलाई चाहिने कोटा अघि सारेका छन् ।

अफ्रिका महादेशबाट ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने माग गरेको छ । एसिया महादेशबाट ४/५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ८ पु¥याउनु पर्ने प्रस्ताव अघि सारेको छ ।

त्यस्तै युरोपबाट  १३ देश सहभागी हुँदै आएको अब १६ हुनु पर्ने, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३/४ देश सहभागी हुँदै आएको अब ६ हुनु पर्ने, ओसियानाबाट १ देश सहभागी हुनुपर्ने र दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् । यो प्रस्तावमाथि आउँदो मे ९ तारिखमा बस्ने फिफाको बैठकले छलफल गरी टुंगो लगाउनेछ ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्