एक करोड रुपैयाँको कफी निर्यात
पर्वत, चैत्र १७
पर्वतमा यो वर्ष जिल्लाबाट एक करोड रुपैयाँभन्दा बढीको कफी निर्यात भएको छ । कफीको उत्पादन राम्रो भएको कारण गत वर्ष भन्दा दश प्रतिशतले उत्पादन बढेको जिल्ला कफी सहकारी संघ पर्वतका अध्यक्ष भवानीप्रसाद शर्माले जान्कारी दिएका छन । गत वर्ष नब्बे लाख रुपैयाँको मात्र कफी जिल्लाबाट निर्यात भएको थियो ।
जिल्लामा उत्पादित कफी कोरिया, जापान, युरोप, अमेरिका लगायतका देशमा निर्यात हुँदै आएको छ । यो वर्ष पनि निर्यातको लागि सम्झौता भइसकेका कारण कफी बजारको समस्या नभएको शर्माले जानकारी दिए । गत वर्ष बीस टन कफी उत्पादन भएको पर्वत जिल्लामा यो वर्ष तीस टन उत्पादन हुने अनुमान गरिएको छ । यो वर्ष मौसम अनुकुल भएका कारण उत्पादन बढेको बताईएको छ ।
प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार