प्रहरी चेकपोष्टमा आत्मघाती आक्रमण हुँदा १५ जनाको मृत्यु


 


काठमाण्डौ,चैत्र १७
इराकको राजधानी बग्दानमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ । बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।  प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पछिल्लो समय इराकमा यस्तै खालका आक्रमण गर्दै आएको छ । इराकी सेनाले अहिले आइएसको कब्जामा रहेको मोसुल शहर आफ्नो नियन्त्रणमा लिनका लागि कारवाही अभियान चलाइरहेको छ । मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहरी क्षेत्र हो । अमेरिकी गठबन्ध सेनाको सहयोगमा भइरहेको कारवाही अभियान निष्कर्ष तर्फ उन्मुख भएको इराकी सेनाले बताएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्