फुटबल खेलाडीलाई क्लबद्वारा गोली हान्ने धम्की


 


काठमाण्डौ,चैत्र १७
केन्याका एक फुटबल खेलाडीलाई दक्षिण अफ्रिकाको क्लबले सम्झौता अन्त्य गर्न भन्दै बन्दुक देखाएर चेतावनी दिएको छ । केन्याको राष्ट्रिय टिमका खेलाडी २४ वर्षका क्लिफ्टन मिहेसोले आफ्नो क्लब गोल्डेन एरोजले सम्झौता अन्त्य गर्नका लागि बन्दुकको डर देखाएर चेतावनी दिएको भन्दै फिफामा उजुरी दर्ता गरेका छन् ।

फुटबलको विश्व प्रशासकीय निकाय फिफामा मिहेसोले दर्ता गरेको आरोपमा गएको जनवरी १४ मा घटना भएको उल्लेख छ । क्लबको कार्यालय डरबनमा बोलाएर सम्झौता अन्त्य गर्न, नभए गोली हान्ने भन्दै चेतावनी दिएको मिहेसोले आरोप लगाएका छन् ।

तर क्लबले भने आरोप अस्वीकार गर्दै आएको छ । मिहेसोले आफ्नो पारिश्रमिक बापतको २२ हजार अमेरिकी डलर पनि पाउनु पर्ने दाबी गरेका छन् । केन्याको राष्ट्रिय टिमबाट १४ खेल खेलेका उनले पाँच गोल गरेका छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्