प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


 


काठमाण्डौ,चैत्र १६

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । बोआओ सम्मेलनमा भाग लिन चीन जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्