अण्डाको मूल्य बढ्यो
काठमाण्डौ,चैत्र १६
नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय १५ र बिक्री मूल्य ३ सय २० रुपैयाँ निर्धारण गरेको छ ।
यसअघि चैत ६ गते अण्डाको मूल्य घटेर ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय २० र बिक्री मूल्य ३ सय २५, मिडीयम अण्डा फार्म मूल्य प्रतिक्रेट २ सय ७० र बिक्री मूल्य २ सय ७५ रुपैयाँमा बनाइएको थियो ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार केही दिनअघि अण्डा उत्पादनको तुलनामा उपभोग घटे पनि अहिले अण्डाको दैनिक उत्पादन स्थिर रहेको तर माग अत्यधिक भएकाले अण्डाको मूल्य बढाउनु परेको बताए । यसअघि प्रतिगोटा १२ देखि १३ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब प्रतिगोटा अण्डाको १५ रुपैयाँ तिर्नुपर्नेछ ।
प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार