शक्तिशाली समुद्री आँधी, हजारौं मानिस घरवारविहीन


 


एजेन्सी , चैत्र १६
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी दिइएको छ । डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पु¥याएको छ । आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ ।

हजारौं मानिस घरबारविहिन भएका छन् । विद्युत आपूर्ति बन्द हुंँदा ६३ हजार मानिस प्रभावित भएका छन् । क्वीन्स्ल्याण्डमा सन् २०११ यता कै खराब आंँधीपछि २५ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

सर्वसाधरणलाई घरमै सुरक्षित रहन सुचित गरिएको छ भने सयौ विद्यालय बन्द गरिएको छ । हवाई उडान पूरै प्रभावित भएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्