डा. लोहनीको नयाँ पार्टीको आज औपचारिक घोषणा


 


काठमाडौं, चैत्र १६
महाधिवेशन लगत्तै राप्रपा त्यागेका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ ।
लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । बुधबार निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टी गठनको औपचारिक घोषणा गरिने तयारी गरिएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका डा। लोहनीले महाधिवेशन लगत्तै राप्रपा परित्याग गरेका थिए । केशरबहादुर विष्टलाई भने राप्रपाले यसअघि नै कारवाही गरेको थियो । एकीकृत राप्रपा राष्ट्रवादीले चुनाव चिन्ह हलोलाई निरन्तरता दिने पनि जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्