काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा


 


काठमाडौं, चैत्र १६
काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताए । बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहमा बगिरहेकाले त्यसको प्रभावले पानी परेको हो । यस्तै पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसमविद अर्यालले बताए ।

मध्य भेगमा भन्दा पूर्वी भेगमा बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताए  । काठमाडौंसहित मध्य भेगका केही ठाउँमो केहीबेर मौसम खुल्ने अनुमान गरिएको छ । तर दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसम यस्तै हुने मौसमविद अर्यालले बताए ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्