मेस्सी कारबाहीमा, चार खेल खेल्न प्रतिबन्ध


 


काठमाडाैं, चैत्र १५

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीमाथि अर्जेन्टिनाले खेल्ने विश्व कप क्वालिफायर्सका चार खेल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । बिहीबार चिलीसँगको खेलमा लाइन्सम्यानमाथि मुख छाडेर दुर्व्यवहार गरेका कारण उनलाई यो सजाय दिइएको हो ।

खेल अर्जेन्टिनाले १-० ले जितेको थियो । मंगलबार बोलिभियासँग हुन लागेको महत्वपूर्ण क्वालिफाइङ खेल हुनु ६ घण्टा अगाडिमात्रै मेस्सीले फिफाले यो प्रतिबन्ध लगाएको बारे थाहा पाएका हुन्।

अब उनले उरुग्वे, भेनेजुएला र पेरुसितको खेल पनि खेल्न नपाउने भएका छन् । यसले अर्जेन्टिनालाई आगामी वर्ष रुसमा हुने विश्वकपमा छनौट हुन झन् कठिन बनाइदिएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्