फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित


 


काठमाडाैं, चैत्र १५

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।

खेलको १५ औं मिनेटमा नेपाली खेलाडी विक्रम लामा रेड कार्ड पाई बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो । विक्रम लामाको फलमा फिलिपिन्सले पाएको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेमजोङले रक्षा गरे पनि घरेलु टोलीका कप्तान फिलिप योङहस्वेन्डले खेलको २२ औं र २५ औं मिनेटमा गोल गर्दै नेपाललाई दवावमा राखेका थिए ।

खेलको २८ औं मिनेटमा आयान रामसेले गोल गर्दै फिलिपिन्सलाई ३-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नेपालका विशाल राईले गोल फर्काउँदै अन्तरलाई कम गरेका थिए । ७२ औं मिनेटमा फिलिपिन्सका ह्‌याभिर पाटिनोले गोल थपे।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्