न्याय परिषद्विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, चैत्र १५
सर्वोच्च अदालतमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्याय परिषद्का विरुद्धमा रिट निवेदन दायर गरिएको छ ।न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई समेत नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।
गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ठ श्रेणी–१६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त भएका थिए तर त्यसमा सरकारी वकिलबाट एक जना मात्र प्रतिनिधित्व भएको थियो ।
सरकारी वकिलबाट एक जना मात्रै न्यायाधीशमा प्रतिनिधित्व गराएकाप्रति सरकारी वकिलले यसअघि पनि विरोध गरेका थिए । रासस
प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार