भारतीय सेनाध्यक्ष बिपिन रावत नेपालमा


 


काठमाण्डौ, चैत्र १५

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाध्यक्ष बिपिन रावत नेपाल आइपुगेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ ।

प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीको निमन्त्रणामा नेपाल आएका भारतीय सेनाध्यक्ष रावतले राष्ट्रपति बिद्यादेबी भण्डारीबाट मानार्थ महारथीको सम्मान ग्रहण गर्नेछन् ।

नेपालमा रहँदा भारतीय सेनाध्यक्ष रावतले प्रधानमन्त्री, रक्षामन्त्री, र प्रधानसेनापतिसंग भेटवार्ता गर्नेछन् । यस्तै उनले पोखराको सैनिक क्याम्पको निरिक्षण तथा मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्