बंगलादेशले नेपाललाई दियो २५८ रनको लक्ष्य


 


काठमाण्डौ, चैत्र १५

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्धको खेल जित्न नेपालले २ सय ५८ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो ।

नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता छ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्