कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


 


काठमाण्डौ, चैत्र १५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ-आफ्ना धारणा राख्ने छन् । विशेष गरी सदस्यहरुले स्थानीय तहको निर्वाचनमा पार्टीले बनाउनुपर्ने रणनीति र संविधान कार्यान्वयनलगायतका विषयमा नेतृत्वलाई सुझाव दिएका छन् ।

बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो भने पार्टीका ४२ वटा केन्दीय विभाग कायम गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समितिसमेत गठन गरेको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्