बंगलादेशविरुद्ध नेपालको गतिलो सुरुवात


 


काठमाण्डौ, चैत्र १५

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले गतिलो सुरुवात गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल स्टेडियममा टस जितेर घरेलु टोली बंगलादेश यू-२३ विरुद्ध फिल्डिङमा उत्रिएको नेपालले १७ ओभरभित्र ४ विकेट हात परेको छ ।

नेपालका लागि अभिनास कर्णले ३ र मेहबुब आलमले १ विकेट दिलाएका हुन्। कर्णले महमद सैफ हसन, एमडी मिथुन र जामिर अहमदलाई पेबेलियनको बाटो देखउँदा आलमले नजमुल हसन सान्तोलाई बोल्ड गरे।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर- २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन्।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्