आरआर क्याम्पसमा स्ववियुको चुनाव हुँदै


 


काठमाडौं, चैत्र १५

काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव मंगलबार हुँदैछ । चैत २ गते सर्वोच्च अदालतको आदेश अनुसार आरआरमा चुनाव हुन लागेको हो । अहिले केहीबेरमा हुने मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मतदान गर्न विद्यार्थी बिहानैदेखि लाइन बसेका छन् भने प्रहरीले सुरक्षा दिइरहेको छ । मतदान बेलुका ५ बजेसम्म गर्न सकिने क्याम्पस प्रशासनले जनाएको छ । 

चुनावको विरोधमा रहेका अखिल क्रान्तिकारी, नेविसंघ लगायत विभिन्न १० विद्यार्थी संगठनले भने चुनाव बहिस्कार गरेका छन् । यसअघि विद्यार्थी संगठनको विरोधकै कारण आरआरमा चुनाव स्थगित भएको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्