किन म्यानचेस्टर सिटीले   तिर्‍यो ४५ लाख ७७ हजार जरिवाना ?


 


काठमाण्डौ, चैत्र १५

खेलाडीको व्यवहारका कारण इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड स्ट्रलिङ अर्थात ४५ लाख ७७ हजार नेपाली रुपैयाँ जरिवाना तिर्नु परेको छ । मार्च १९ गते राति प्रिमियर लिग अन्तर्गत लिभरपुलसँगको १–१ को बराबरी भएको खेलको क्रममा म्यानचेस्टर सिटीका खेलाडीले खेल भावना विपरित व्यवहार गरेको भन्दै फुटबल एसोसिएसनले क्लबलाई जरिवाना तिराएको हो ।

लिभरपुललाई रेफ्रिले पेनाल्टीको अवसर दिएपछि म्यानचेस्टर सिटीका खेलाडीले प्रदर्शन गरेका थिए । खेलको ५० औं मिनेटमा रेफ्रि माइकल ओलिभरले लिभरपुललाई पेनाल्टी प्रदान गरे । त्यसपछि म्यानचेस्टर सिटीका खेलाडीले रेफ्रिलाई घेरेका थिए ।

म्यानचेस्टर सिटीका गाएल क्लिचीले रोबर्टो फिरमिनोलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसमा जेम्स मिल्नरले गोल गरे । क्लबले खेलाडीको गल्ति स्वीकार गर्दै जरिवाना तिरेको हो ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्