आणविक हतियार सुरक्षाका लागि आवश्यक छ–अमेरिका


 


काठमाण्डौ, चैत्र १५

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य सहित झण्डै ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमाथिको बहस  बहिष्कार गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायत ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदले बोलाएको बैठक बहिष्कार गरेका हुन् । तर अरु एक सय २० भन्दा धेरै देश भने प्रस्तावको पक्षमा छन् ।

गएको अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानुनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो । चीन, भारत र पाकिस्तानले समेत वार्ताको विपक्षमा मतदान गरेका थिए ।  त्यस्तै सन् १९४५ मा आणविक आक्रमण झेलेको एक मात्र देश जापानले समेत वार्ताको विरुद्धमा मतदान गरेको थियो ।

यसैबिच राष्ट्रसंघका लागि अमेरिकी राजदुत निकी हेलीले परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु यथार्थपरक कदम नभएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सुरक्षाका लागि परमाणु हतियार आवश्यक रहेको राजदुत हेलीको भनाई छ ।

सबैले परमाणु हतियार बिहीन विश्वको चाहना गर्ने भएपनि उत्तर कोरिया जस्ता देशका कारण यो सम्भव र यथार्थपरक नरहेको उहाँको दाबी छ । उत्तर कोरियाले पछिल्लो समय लगातार विभिन्न क्षमता परमाणु हतियार तथा मिसाइल परीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्