मञ्जुल सम्मानित, मीरा पुरस्कृत


 


काठमाडौं, चैत्र १४

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ ।  राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उनीहरूलाई सम्मानित गरेका हुन् ।

मञ्जुललाई १० हजार नगद, तामपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मीरालाई पुरस्कारस्वरूप ३० हजार रुपैयाँसहित तामपत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष दयाकृष्ण राईले भोजपुरमा जन्मी–हुर्की साहित्य, कला, संस्कृति, खेलकुदलगायत क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको सुनाए ।

सम्मानपछि मञ्जुल भावुक बनेका थिए । गला अवरुद्ध हुँदा उनले सम्बोधनसमेत गर्न सकेनन् । मीराले दौडबाट देशको नाम राख्न सकिने उल्लेख गर्दै पुरस्कार÷सम्मानले हौसला मिल्ने गरेको सुनाइन् ।

प्रमुख अतिथि रसिकले मञ्जुल स्कुलदेखिकै साथी भएको उल्लेख गर्दै उनलाई सम्मान गर्ने सौभाग्य पाएको बताए । उनकै कारण संगीतमा लागेर आफू अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।

कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नारद हार्तम्छाली, श्याम तमोट, शशी लुमुम्बू, काङमाङ नरेश राई लगायतले बोलेका थिए ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्