एनसेलको ल्यायो अफर, ३० देशमा मिनेटको १.९९ रुपैयाँ फोन


 


काठमाडौं, चैत्र १४

एनसेलका ग्राहकले अब लोकलकलको दरमा नै विश्वका विभिन्न ३० देशमा कुरा गर्न पाउने भएका छन् । एनसेलले सोमबारदेखि लागु हुने गरी नयाँ योजना ल्याएको हो । जसअन्तर्गत प्रयोगकर्ताले कर बाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा  ३० देशमा कुरा गर्न सक्नेछन् ।

यो योजना प्रिपेड तथा पोस्टपेडमा १५ दिनसम्म लागु हुने एनसेलले जनाएको छ । भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशका लागि यो योजना लागु भएको हो ।

प्रतिमिनेट कर बाहेक १.९९ देखि ४८.९९ रुपैयाँसम्म शुल्क रहेका यि देशमा अब मिनेटको १.९९ रुपैयाँमा फोन गर्न सक्ने छन् । योजना सुरु गर्नका लागि एस्ट्रिक १७१०७ ह्यास डायल गर्न सकिनेछ ।

यस्तै अंग्रेजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योजना सुरु गर्न सकिने एनसेलले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्