काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा, १३ युवती प्रकाउ


 


काठमाडाैं, चैत्र १४

महानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ । प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्‌याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको हाे ।

नेपाली नागरिकलाई प्रवेश गराएको र प्रहरीले खोजी गरिरहेकाहरू क्यासिनोमा हुनसक्ने आशंकामा प्रहरीले एकै पटक पाँच क्यासिनोमा छापा हानेको परिसरका प्रवक्ता एसपी प्रधुम्न कार्कीले बताए ।

राती १० बजे एकै पटक सबै क्यासिनोमा छापा हाने पनि त्यहाँ प्रहरीले नेपाली नागरिक भेट्टाएन । अहिले कुनैपनि नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ ।

छापा मार्ने क्रममा प्रहरीले सोल्टी होटेलको क्यासिनोबाट क्यासिनोसम्वन्धी तालिम लिइरहेका १३ जना युवतीलाई प्रक्राउ गरेको छ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्