काठमाडाैं बाहिर सेयरको कारोबार कहाँ–कहाँबाट हुन थाल्याे ?


 


काठमाडाैं, चैत्र १४

नेपाल स्टकको निर्देशनअनुसार अाइतबारदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन् । नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।

उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्गा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार सुरु गरेका छन् ।

स्टककाअनुसार नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन् । नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्