प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सँग भेट गर्दै


 


काठमाण्डौ, चैत्र १४
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा नेपाली समय अनुसार आज दिउसो पौने २ बजे राष्ट्रपति सिसँग भेट गर्ने कार्यक्रम तय भएको बताईएको छ । करिब १५ मिनेट कुराकानी हुने जनाईएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले चीनसँग भएका सम्झौताको कार्यान्वयन र ओबिओआरप्रतिको नेपालको प्रतिबद्धता जनाउने बताईएको छ । सो क्रममा दाहालले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन । प्रधानमन्त्री दाहाल बेईजिङपछि चीनको स्वाशासित क्षेत्र तिब्बतको ल्हासा जाने कार्यक्रम रहेको छ । त्यहाँ रहदा तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्