नेपाली काग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी


 


काठमाडौ, चैत्र १४
नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ । आजको बैठकमा बोल्नका लागि २३ जना केन्द्रिय सदस्यहरुले नाम टिपाएका छन् ।

६ महिनापछि हिजोबाट सुरु केन्द्रिय समिति बैठकले हिजै पार्टी केन्द्रिय कार्यसम्पादन समिति गठन गरेको थियो । यस्तै बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले स्थानीय निर्वाचन तयारी र राष्ट्रिय राजनितिमा पार्टीको भूमिका कमजोर बनेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा उमेदवारीको विषय लाई लिएर काग्रेसभित्र मतभेद समेत देखिएको छ । यसअघि बैठकमा बोल्ने सदस्यहरुले सिमांकन बाहेकका विषयमा संविधान संशोधन गरी मधेशी मोर्चालाई पनि साथमा लिएर निर्वाचनमा जान नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्