दूर्घटनामा एक जनाको मृत्यु


 


भक्तपुर, चैत्र १४

भक्तपुरको सूर्यविनायक नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विरगन्जका राहुल शाह तेली रहेका छन् ।

बा ३५ प ५२५५ नम्बरको मोटरसाइकल बा २ ख ३६०६ नम्बरको बसमा ठोक्किँदा मोटरसाइकलका चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काठमाडौंको सितापाइलामा गएराति बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । बा १ ख ९८९९ नम्बरको बसको ठक्करबाट सप्तरीका प्रदिपसिंह चौधरीको मृत्यु भएको हो । बस चालक भने फरार भएका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्