अब भाेजपुर–घाेरेटार गाडी सरर


 


भाेजपुरकाे दक्षिणी क्षेत्रकाे प्रमुख एंव व्यापारिक केन्द्र घाेरेटार बजार । तस्बिरः देशकाेन्युज

भोजपुर, चैत्र १४

घोरेटार सडक खण्डमा चैत्र १८ गते देखि वस सेवा सञ्चालन हुने भएको छ । पटक पटकको सर्वपक्षिय पहल पछि हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारसम्म बस सञ्चालन हुने भएको हो ।

बस सेवा सञ्चालनसंगै दक्षिणी क्षेत्रका तीन वटा गाउँपालिकाका वासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएको छ । ४५ किलोमिटर दूरीमा यातायात सञ्चालनमा आउने जनाइएको छ ।

दैनिक एउटा वस सञ्चालन हुने संयुक्त वसव्यावसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए । वस सञ्चालन नहुँदा सेवाग्राही महङ्गो शुल्कमा ट्याक्सी चढ्न वाध्य थिए ।

ट्याक्सीले नियमित सेवा नदिएपछि सर्वसाधरण सास्ती वेहाेर्न बाध्य थिए । जिल्ला समन्वय समिति, हतुवागढी गाउँपालिका र वस व्यवसायीको संयुक्त लगानीमा बाटो मर्मत गरिएपछि यातयात सञ्चालनमा आउने भएको हो ।

वाटो मर्मतमा करिब १५ लाख रुपैया खर्च भएको थियो । ग्रामिण सडक पुर्वाधार विकास कार्यक्रम (एसएनआरटिपी) ले १२ किलोमिटर सडक स्तराेन्नती गरिरहेको छ ।

जिल्ला समन्वय समितिले वस सेवा सञ्चालनको लागि व्यावसायीलाई पत्राचार गरेको थियो । पत्रचार पछि संघले चैत्र १८ देखि वस सञ्चालन गर्ने भएको हाे ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्