रुसका मूख्य विपक्षी नेता पक्राउ


 


काठमाण्डौ, चैत्र १४

रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो । प्रत्यक्षदर्शीका अनुसार उहाँ राजधानी मस्कोमा भइरहेको प्रदर्शनमा सहभागी थिए। नाभाल्नीले रुसमा भ्रष्टाचार विरुद्ध अभियान चलाउँदै आउनु भएको छ ।

मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । सत्तामा रहेका व्यक्ति भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् । आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलन गरिरहन  आफ्ना समर्थकलाई नेता नाभाल्नीले आग्रह गरेका छन।

आफू पक्राउ पर्नुमा राजनीतिक पूर्वाग्रह रहेको बताए । प्रहरीले अन्य पाँच सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । तर अधिकारकर्मीले भने सात सय जना पक्राउ परेका बताएका छन् । सन् २०११–१२ मा भएको सरकार विरोधी आन्दोलनपछि मस्कोमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्