चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हरायो


 


काठमाण्डौ, चैत्र १४

विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबा राति भएको खेलमा चेक गणतन्त्रले प्रभावशाली जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हराएको हो । अवे मैदानमा भएको खेल चेक गणतन्त्रलाई जिताउन बाराक र डारिडाले समान दुई दुई गोल गरे । यस्तै गेब्रे सेलास्सिए र क्रमेनकिकले एक एक गोल गरे ।

चेक गणतन्त्रले पहिलो हाफमा नै पाँच गोल गरेको हो । बाराकले १७ र २४ मिनेटमा गरी दुई गोल गरे । यस्तै सेलास्सिएले २६ औं तथा क्रमेनकिकले ४३ औं मिनेटमा गोल गरे ।

१९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका डारिडाले ७७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे । योसँगै चेक गणतन्त्रले सान मारिनोलाई उसकै मैदानमा ६–० ले हरायो ।

जितपछि पाँच खेलबाट ८ अंक जोडेको चेक गणतन्त्र समूहको तेस्रो स्थानमा उक्लिएको छ । समूहको शीर्ष स्थानमा रहेको जर्मनीको पाँच खेलबाट १५ तथा दोस्रो स्थानका आयरल्याण्डको १० अंक छ ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्