एमालेका २१ केन्द्रीय सदस्यको आज शपथ


 


काठमाण्डौ, चैत्र १३

नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् । एमालेको मेची महाकाली अभियान सुरु हुनु एक दिन पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी समितिको बैठकले २१ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

उक्त बैठकले महाधिवेशनमा हारेका र केहि मधेशी जनजाति र थारुहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । यसैबीच एमाले स्थायी समिति बैठक पार्टी कार्यलमा दिउसो १२ बजे बस्दै छ ।

स्बैठकमा स्थानिय तहको निर्वाचनको लागि उम्मेदारको छनौट,पार्टीमा प्रवेश गरेकाहरुको कार्यविभाजन र व्यवस्थापन लगायतका विषमा छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

प्रकाशित मिति: १३ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्