प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीको कार्यक्रममा सम्बोधन गर्दै
काठमाण्डौ, चैत्र १३
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै छन । सम्बोधन अघि प्रधानमन्त्री दाहालले विश्वद्यिालय परिषरमा स्थापना हुन लागेको नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजै चिनियाँ व्यापारी समुदायसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा दुई मुलुकबीचको व्यापारिक सम्बन्ध तथा सम्भावनाका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहालले आजै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य एवम् उच्च नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री दाहालले भोली चिनियाँ राष्ट्रपति सी जिनपिङसाग भेट गर्नेछन । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पर्सी मंगलबार बेइजिङबाट चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्नेछ ।
प्रकाशित मिति: १३ चैत्र २०७३, आइतबार