पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी


 


नयाँदिल्ली, चैत्र १२

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

“भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भन्नुभयो ।

“पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उहाँले भन्नुभयो । रासस/सिन्ह्वा

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्