इमर्जिङ कप खेल्न नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान, खेलाडीको भव्य बिदाई


 


काठमाडाैं, चैत्र १२

बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले टोलीलाई बिदाई गरे ।

नियमित टोलीका चार सदस्यको अनुसपस्थितिमा नेपालले टेष्ट खेल्ने राष्ट्रका टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीले प्रतियोगिता खेल्ने छैनन् भने फाष्ट बलर करण केसी पनि बिरामी छन् ।

यस्तो अवस्थामा नेपालको कप्तानीको जिम्मेबारी ज्ञानेन्द्र मल्लले निर्वाह गर्नेछन् । अभिनाश कर्ण र दिपेश श्रेष्ठले टिममा स्थान बनाएका छन् ।

कप्तान मल्लले युवा खेलाडीहरुको बर्चश्व रहेको प्रतियोगितामा अनुभवका साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलको रुपमा सोमबार पाकिस्तानको यु २३ टिमसँग खेल्नेछ ।

त्यस्तै मंगलबार बंगलादेश यु २३ र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । चार टेष्ट र चार एशोसियट मुलुकका टोलीहरुलाई दुई समूहमा बिभाजन गरी प्रतियोगिता खेलाइएको हो

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्